राजनीति

साधारण तारेख माग गर्दै रविद्वारा उच्च अदालतमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता गराउनुभएको छ ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको मुद्दामा आफूसंग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेश अनुचित रहेकको भन्दै सोविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराउनुभएकोा हो

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

उक्त आदेश चित्त नबुझेको र बदर हुनुपर्ने माग राखी निवेदन दर्ता गराउनुभएको हो । लामिछानेले यस्तै निवेदन उच्च अदालत कास्कीमा पनि दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.