क्रिकेटखेल

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको छैटौं जित, गण्डकी छ विकेटले पराजित

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा गण्डकी प्रदेशमाथि छ विकेटको जित निकाल्दै आर्मीले प्रतियोगितामा छैटौं जित निकालेको हो ।

प्रधानमन्त्री कप

दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ३०.३ ओभरमा एक सय १६ रनमै समेटिएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ३३ रन बनाए भने दीपक डुम्रेले १९ रन जोडे । त्यस्तै कमल परियारले १७ र कप्तान विपिन खत्रीले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि शाहब आलमले पाँच विकेट लिए भने कुशल मल्ल र नरेन साउदको भागमा सामन दुई-दुई विकेट रह्यो । गण्डकीले प्रस्तुत गरेको एक सय १७ रनको लक्ष्य लिएर मैदान उत्रेको आर्मीले २६.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि तृतराज दासले ३७ रन बनाए भने बसिर अहमद ३२ रनमा अविजित रहे ।

यस्तै भीम सार्कीले १४ रन जोड्दा इम्रान शेखले १२ र सोमपाल कामी १० रनमा नटआउट रहे । गण्डकीका लागि चन्द्र पौडेल, विपिन खत्री, सुवास भण्डारी र सुदीप अर्यालले सामन एक-एक विकेट लिए ।

जितसँगै आर्मी सात खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अंक जोडेको गण्डकी पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.