क्रिकेटखेल

प्रधानमन्त्री कपमा एपिएफको चौथों जित, सुदूरपश्चिम तीन विकेटले पराजित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपिएफ क्लबले चौथों जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गर्दै एपिएफले प्रतियोगितामा चौथों जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १ सय ९१ रनमा समेटियो । सुदूरपश्चिमका लागि निश्चल खत्रीले ९२ बलमा ८ चौका र १ छक्कासहित ५७ रनको अर्धशतकीय पारी खेले भने प्रकाश पाण्डेले ७२ बलमा ४ चौकाको मद्दतमा ४२ रन जोडे ।

त्यस्तै किरन ठगुन्ना १२ रन जोड्दा शेर मल्लले ११ तथा हेमन्त धामी र सुनिल चन्द समान १०-१० रन बनाए । एपिएफका लागि कप्तान रोहित पौडेल र अमरसिंह राउटेलाले समान तीन-तीन विकेट लिए भने र भुवन कार्कीले दुई विकेट लिंदा अभिषेक गौतमको भागमा एक विकेट रह्यो ।

सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय ९२ रनको लक्ष्य लिएर मैदान उत्रेको एपिएफले ३६.३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको लागि सन्दीप जोराले ६८ बलमा पांच चौका प्रहार गर्दै ५१ रनको अर्धशतकीय पारी खेले भने आसिफ शेखले ३२ रन बनाए । यस्तै लोकेश बमले १९ रन जोड्दा दीपक बोहराले १६, रोहित पौडेलले १४, सुमित महर्जनले १२ र भुवन कार्की १४ रनमा अविजित रहे ।

प्रधानमन्त्री कपमा एपिएफको चौथों जित, सुदूरपश्चिम तीन विकेटले पराजित

सुदूरपश्चिमको लागि शेर मल्ल, नारायण जोशी र विकास आग्रीले समान दुई-दुई विकेट लिए । जितसँगै एपिएफ छ खेलमा आठ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा चार अंक जोडेको सुदूरपश्चिम सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.