प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले मधेस प्रदेशलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा मधेसलाई ८१ रनले पराजित गर्दै कर्णालीले प्रतियोगितामा चौथों जित निकालेको हो ।

जारी प्रतियोगितामा मधेसको भने यो चौथों हार हो । भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णाली ४९.१ ओभरमा दुई सय २० रन बनाएको थियो । कर्णालीका लागि अर्धशतक बनाएका दीपेन्द्र रावतले ९२ बलमा छौ चौका प्रहार गर्दै ६१ रनको अर्धशतकीय पारी खेले भने अर्जुन घर्तीले २६ रन बनाए ।
त्यस्तै दिनेश अधिकारी २४ रन जोड्दा प्रकाश जैशी २०, रविन्द्र जंग शाहीले १३ रन बनाए भने कप्तान दिवान पुन १८ रनमा नट आउट रहे ।मधेसका लागि रुपेश सिंह, रञ्जित कुमार, कप्तान अनिल साह, कमल गुप्ता र हरिशंकर साहले समान दुई-दुई विकेट लिए । कर्णालीले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य लिएर मैदान उत्रेको मधेस ओभरमा सबै विकेट गुमाउँदै रनमा समेटियो ।
मधेसको लागि रुपेश सिंहले सर्वाधिक ३० रन जोडे भने विशाल पटेल २५ रन बनाए । यस्तै हरिशंकर साहले १८ जोड्दा ओपनर सैलेन्द्र साहले १० रन बनाए । कर्णालीका लागि दिनेश अधिकारीले चार विकेट लिए भने दीपेन्द्र रावतले तीन विकेट लिंदा प्रकाश जैसीको भागमा दुई विके रह्यो ।
जितसँगै कर्णाली सात खेलमा आठ अंक जोड्दै तालिकाको चौथों स्थानमा उक्लिएको छ भने मधेश छ खेलमा चार अंकका साथ सातौं स्थानमा झरेको छ ।
प्रतिक्रिया राख्नुहोस्