मृत अवस्थामा पाँच जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-४ गैंडाचोकस्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने ३९ वर्षीया सीता खनाल सोही ठाउँस्थित पानी सिचाईको कृतिम आरग्य ड्याममा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै महोत्तरी, बर्दिबास नगरपालिका-१ बस्ने ७० वर्षीय सिंह बहादुर योञ्जन आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । उता अर्घाखाँची, शितगंगा नगरपालिका-१० लिसीकुना बस्ने २४ वर्षीय बम बहादुर पुन सोही ठाउँस्थित लिसीकुना ओदाले ठुलोखोला वनमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्