आइतबार रातिसम्म आएका यात्रुलाई सिधैं क्वारेन्टाइन पठाइने, जान नमान्नेलाई फिर्ता
गर्दैआएको छ । शनिबार ६३ जनालाई क्वारेन्टाइन पठाइयो भने विदेशीलाई फिर्ता गरिएको थियो ।
शनिबार पनि विदेशी एयरलाइन्सबाट यात्रु काठमाडौं उत्रिएपछि सरकारले आइतबार रातिसम्म विदेशबाट आउने सबै यात्रुलाई क्वारेन्टाइनमा पठाउने तयारी गरेको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताउनुभएको छ ।
उहाँले आइतबार रातिसम्मै यात्रु आउने सम्भावना देखिएकाले ती कसैलाई पनि एयरपोर्टबाट सिधै क्वारेन्टाइनमा पठाउँने क्वारेन्टाइनमा जान नमाने जहाजमा नै चढाएर फिर्ता पठाउने बताउनुभएको छ ।
त्यसा त शुक्रबारसम्म विदेशबाट आएका यात्रुलाई सामान्य रूपमा ज्वरो जाँचेर काठमाडौं प्रवेश गर्न दिएको थियो । सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।
तर भारत चीन थाइल्याण्ड सिंगापुर र हङकङबाट आउने यात्रुलाई भने प्रतिबन्ध लगाएको थिएन । यी मुलुकलाई ट्रान्जिट बनाएर अन्य मुलुकबाट भने यात्रु आउन नपाउने सरकारले जनाएको थियो ।
आइतबार राति १२ बजेदेखि भने चैत १८ गते राति १२ बजेसम्म विदेशबाट आउने सबै जहाजलाई सरकारले प्रतिबन्ध लगाइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्