जन सरोकार
आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न व्यक्ति पक्राउ
आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न रहेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका-२ ठेगाना भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ लोकन्थली बस्ने सुदिप कुमार साह गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

आपराधिक लाभ लिने उद्देश्य सहित योजनावद्ध तवरले धाक धम्की दिई अपहरण समेत गर्ने डर त्रास देखाई रकम माग गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न गुप्तालाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो ।
उनलाई आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्