जलवायु परिवर्तनको असर : विश्वका तालहरूमा अक्सिजनको स्तर घट्दै
विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न असरहरुको नयाँ संस्करण पत्ता लागेको छ । अन्वेषकहरुले विश्वभरका तालहरूमा अक्सिजनको स्तर घटेको पत्ता लगाएका छन् ।

चिनीयाँ समाचार समिति सिन्ह्वाका अनुसार शनिबार प्रकाशित एक नयाँ अध्ययनले बढ्दो तापक्रमका कारण तालहरूमा अक्सिजनको स्तर घटेको पत्ता लगाएको हो ।
अन्वेषकहरूले विगत २० वर्षमा विश्वभरका १५ हजार भन्दा बढी तालहरूमा अक्सिजनको मात्रा घट्दो प्रवृत्ति फेला पारेका हुन् । अध्ययनमा समुन्द्र र नदीको तुलनामा तालमा अक्सिजन घट्ने औसत दर बढी रहेको देखाएको छ ।
साइन्स एडभान्सेज जर्नलमा प्रकाशित उक्त अध्ययनले विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजनको मात्रा घट्दै गएको जनाएको छ । साथै,
अध्ययनले गर्मीको लहरले अक्सिजनको कमीमा द्रुत र स्पष्ट प्रभाव पारेको देखाएको छ, जसले गर्दा औसत तापक्रमभन्दा कम अवस्थाको तुलनामा ७.७ प्रतिशतले कमी आउँछ ।
लेखकहरूले यसको मुख्य कारण जलवायु परिवर्तन भएको बताएका छन्, जसले अक्सिजनको घुलनशीलता घटाएर ५५ प्रतिशत घटाउन योगदान पु¥याउँछ । तालहरूमा पोषक तत्वहरूको बढ्दो सांद्रता, जसलाई युट्रोफिकेशन भनिन्छ,यो लगभग १० प्रतिशत रहेको जनाएको छ ।
लेखकहरूले यी निष्कर्षहरूले ताजा पानीको इकोसिस्टमहरूमा जलवायु परिवर्तनको गहिरो प्रभावलाई रेखांकित गर्ने बताएका छन्, जसलाई एरोबिक जीवनलाई कायम राख्न र स्वस्थ जैविक समुदायहरू कायम राख्न पर्याप्त अक्सिजन स्तर चाहिन्छ ।
चाइनिज एकेडेमी अफ साइन्सेसको अनुसन्धानकर्ता झाङ युनलिनले भन्नुभयो,“अक्सिजनको कमीले प्रजातिहरू लोप हुन सक्छ । जलीय जीवहरूको मृत्यु र व्यावसायिक माछा मार्ने उद्योगहरूको पतन हुन सक्छ ।”
सह–लेखक शि कुनले तालहरूमा पोषक तत्वको मात्रा घटाउनमा ध्यान दिनु पर्ने बताउनुभयो । “डुबेका वनस्पति रोपण र सिमसार निर्माण गर्नाले पनि तालको पारिस्थितिक प्रणाली पुनस्र्थापित गर्न मद्दत गर्न सक्छ,” शिले सिन्ह्वालाई बताउनुभयो ।
जलवायु परिवर्तन र गर्मीको लहरका प्रमुख कारणहरूको लागि कुनै विशेष सुझावहरू दिइएको छैन । चीनको नानजिङ विश्वविद्यालय र बेलायतको बाङ्गोर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पनि अध्ययनमा भाग लिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्