मन्दिरै मन्दिरको शहर काठमाडौं प्रदूषणको खानी
विश्वमा मन्दिरै मन्दिर र सम्पदाले भरिपूर्ण ऐतिहासिक नगरी काठमाडौंको विगतको त्यो पहिचान अव्यवस्थित शहरीकरण र फोहरमैला तथा प्रदूषणको जालोले छोपिएको छ । काठमाडौं विश्वका प्रदूषित शहरमध्ये छैठौं स्थानमा रहेको छ ।
स्विस कम्पनी आक्युएयरले वायुको गुणस्तर अनुगमन गरी सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार काठमाडौं छैठौं प्रदूषित शहर र नेपाल दसौं प्रदूषित मुलुकमा परेको छ ।
रिपोर्ट अनुसार बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित देश भएको छ भने चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् । यस्तै चौथोमा ताजकिस्तान र पाँचौँमा भारत छ ।
विश्वका १ सय १७ देशका ६ हजार ४ सय ७५ शहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदन अनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषण सम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । सर्वेक्षण गरिएका शहरहरुमध्ये दशमलब ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए ।
त्यस्तै भारतको राजधानी नयाँ दिल्ली लगातार चौथोपटक विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । विश्वका १०० प्रदूषित सहरहरुमध्ये ६३ वटा भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ । दोस्रो खराब राजधानी सहरमा बंगलादेशको राजधानी ढाका, तेस्रोमा चाडको एन डिजामिना, चौथोमा ताजकिस्तानको दु दुसान्बे र पाँचौमा ओमानको मस्कट छन् ।
विश्वका दश प्रदूषित देशमा क्रमशः बंगलादेश, चाड, पाकिस्तान, ताजकिस्तान, भारत, ओमान, क्रिजिगिस्तान, बहराइन, इराक र नेपाल रहेका छन् ।
त्यसै गरी विश्वका १० प्रदुषित राजधानी सहरहरुमा क्रमशः नयाँ दिल्ली (भारत), ढाका (बंगलादेश), एन डिजामिना (चाड), दुसान्बे (ताजकिस्तान), मस्कट (ओमान), काठमाडौं (नेपाल), मानामा (बहराइन), बगदाद (इराक), ९ बिश्केक (क्रिजकिस्तान) तासाकेन्ट (उज्वेकिस्तान) रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्