इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल्स च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई सात विकेटले पराजित गर्दै बैंगलुरुले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । कोलकाताका लागि कप्तान आजिंक्य रहाणेले ३१ बलमा छ चौका र चार छक्काको मद्दतमा ५६ रनको अर्धशतकीय पारी खेले भने सुनिल नारेनले २६ बलमा पाँच चौका र तीन छक्कासहित ४४ रन बनाए ।
त्यस्तै अंकृष रघुवंशीले ३० रन जोड्दा रिन्कु सिंहले १२ रन बनाए । बैंगलुरुका लागि क्रुनाल पाण्ड्याले तीन विकेट लिए भने जोस ह्याजलवुडले दुई विकेट लिंदा यश दयाल, रसिक सलाम र सुयश शर्माको भागमा समान एक-एक विकेट रह्यो ।
कोलकाताले प्रस्तुत गरेको एक सय ७५ रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलुरुले १६.२ ओभरमा तीन विकेट गुमाउँदै पुरा गर्यो । विराट कोहलीले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अविजित ५९ रनको पारी खेले भने फिल साल्टले ३१ बलमा नौ चौका र दुई छक्कासहित ५६ रनको अर्धशतकीय इनिङ खेले । यी दुईले पहिलो विकेटको लागि ९५ रनको साझेदारी गरेका थिए ।
प्रतियोगितामा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो ३:४५ मा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्द छन्रा भने राति ७:४५बजे चेन्नई सुपर किंग्स र मुम्बइ इन्डियन्स आमने सामने हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्