अर्थ
नौ सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुनको मूल्य रु नौ सयले र चाँदीको १५ रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँ घट्दै प्रतितोला रु एक हजार ९८० मा किनबेच हुँदैछ । शुक्रबार चाँदी तोलामा एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्