जन सरोकार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रसुवा,गोसाइकुण्ड गाउँपालिका-५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भएका २३ वर्षीय नविन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रावलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्