क्रिकेटखेल

बसिरको उत्कृष्ट प्रदर्शनमा आर्मीको सानदार जित, लुम्बिनी १३१ रनले पराजित

बसिर अहमदको अर्धशतकीय पारीमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सानदार जित हासिल गरेको छ । आइतबार भएको खेलमा लुम्बिनी प्रदेशमाथि १३१ रनको सानदार जित निकाल्दै आर्मीले प्रतियोगितामा सातौं जित निकालेको हो ।

सिद्दार्थनगर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.२ ओभरमा दुई सय ४३ रन बनाएको थियो । आर्मीका लागि बसिर अहमदले १०४ बलमा छ चौकाको मद्दतमा ८६ रनको अर्धशतकीय पारी खेले भने भीम सार्कीले ४४ रन बनाए ।

त्यस्तै तृतराज दासले ३१ रन जोड्दा सोमपाल कामीले २८, कुशल मल्लले १७ र इम्रान खानले १२ रन बनाए । लुम्बिनीका लागि अजय चौहानले चार विकेट लिए भने कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, नर सार्की र देव खनालको भागमा समान एक-एक विकेट रह्यो । आर्मीले प्रस्तुत गरेको दुई सय ४४ रनको लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनी २७.१ ओभरमा एक सय १२ रनमै अल आउट भयो ।

लुम्बिनीका लागि कप्तान देव खनालले ३७ रन बनाए भनर मनीष थापा र विप्रसन केसीले समान १३-१३ रन जोडे । यस्तै नर सार्कीले १२ र निर्मल गुरुङले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि शाहब आलामले चार विकेट लिए भने नरेन साउदले दुई विकेट लिंदा सोमपाल कामी, आकाश चन्द र बसिर अहमदको भागमा समान एक-एक विकेट रह्यो ।

जितसँगै आर्मी आठ खेलमा १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अंक जोडेको लुम्बिने पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.