क्रिकेटखेल

प्रधानमन्त्री कपमा एपिएफद्वारा गण्डकी प्रदेश ३१ रनले पराजित

प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ ।

प्रधानमन्त्री कपमा एपिएफद्वारा गण्डकी प्रदेश ३१ रनले पराजित

२५८ रनको लक्ष्य पछ्याएको गण्डकीको टोली ५० ओभर पुरा खेल्दै ८ विकेटको क्षतिमा २२७ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि अर्जुन कुमालले ३९ रन बनाए भने दिनेश बुढामगरले ३४ रन जोड्दा, सन्दिप अर्यालले अविजित २४ रन बनाए ।

बलिङमा एपिएफका अभिषेक गौतमले तीन विकेट लिए भने अमर रौटेलाले दुई विकेट लिंदा किशोर महतो, रोहित पौडेल र भुवन कार्कीले समान एक-एक विकेट लिए ।

यस अघि रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको एपिएफले २५८ रन बनाएको थियो । एपिएफका लागि आसिफ शेखले ७४ बलमा १० चौका र १ छक्का हिर्काउदै ८० रन बनाए। यस्तै लोकेश बमले ४६ रन, सुमित महर्जनले ३१ रन, कमल ऐरीले २५ रन र अमर रौटेलाले २४ रन बनाए ।

बलिङमा गण्डकीका सन्दिप पराजुली र सन्दिप अर्यालले समान ३-३ विकेट बाँड्दा कमल परियारले दुई र चन्द्रकान्त पौडेलले एक विकेट हासिल गरे । ८० रन बनाएका एपिएफका आसिफ शेख खेलको म्यान अफ म्याच चुनिए ।

जारी प्रतियोगितामा ७ खेल खेलेको एपिएफ ५ मा जित र २ मा हार सहित १० अंक लिई अंकतालिकामा तेश्रो स्थानमा रहेको छ भने ८ खेल खेलेको गण्डकी एउटामा मात्र जित निकाल्दै २ अंक सहित अंकतालिकाको पुछारमा पुगेको छ ।

भोली शुक्रबारको खेल अन्तर्गत सिद्धार्थ क्रिकेट रङ्गशालामा गण्डकी प्रदेश र मधेश प्रदेशबीच तथा एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेश र एपिएफबीच हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.