इशान किसनको शतकीय पारीको मद्दतमा इन्डियन प्रिमियर लिग(आइपिएल ) सनराइजर्स हैदराबादले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै हैदराबादले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

हैदराबादको राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो। किसनले ४७ बलमा ११ चौका र छ छक्काको मद्दतमा अविजित रहँदै १ सय ६ रनको शतकीय पारी खेले भने ट्राभिस हेडले ३१ बलमा नौ चौका र ३ छक्कासहित ६७ रन बनाए ।
त्यस्तै हेन्रिच क्लासनले ३४ रन बनाए भने अभिषेक शर्माले २४ र नितिशकुमार रेड्डीले ३० रन जोडे । राजस्थानका लागि तुषार देश पाण्डेले तीन विकेट लिए भने महेश थिकसनाले दुई विकेट लिंदा सन्दीप शर्माको भागमा एक विकेट रह्यो ।
हैदराबादले प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ४२ रनमात्र बनायो । राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा ६ चौका र पाँच छक्काको मद्दतमा ७० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै सन्जु सामसनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६ रन जोड्दा सिम्रन हेटमायरले ४२, शुभम दुबे ३४ रनमा अविजित रहँदा नितेश राणाले ११ रन बनाए । हैदराबादका लागि हर्षल पटेल र सिमरजित सिंहले समान दुई-दुई विकेट लिए भने तथा मोहम्मद शामी र एडम जाम्पाको भागमा समान एक-एक विकेट रह्यो।
आइपिएल इतिहासमा यो दोस्रो ठूलो योगफल हो । यसअघि अघिल्लो संस्करणमा हैदराबादलेनै २ सय ८७ रनको कीर्तिमान बनाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्