जन सरोकार

कोरोना परीक्षण प्रयोगशालाको निरीक्षणपछि डब्लूएचओले भन्यो 'विश्वसनीय छ'

नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने बिधि र उपकरण नै नभएको केही वरिष्ठ व्यक्तिहरुले आरोप लगाइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भने नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय भएको बताएको छ ।

आम जनतामा भ्रम पर्न गरी सूचना प्रवाह भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न डब्लुएचओले खटाएको माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्ट नेतृत्वको टोलीले गरेको अध्ययन रिपोर्टका आधारमा डब्लूएचओले प्रयोगशालाको रिपोर्टहरू विश्वसनिय भएको बताएको हो ।

एस्कोफ्टले आफ्नो प्रतिवेदनमा प्रयोगशालाको जनशक्ति स्तरीय भएको र उनीहरूले परीक्षण सटिक व्याख्या र रिपोर्ट दिने गरेको बताउँदै प्रयोगशालाको परीक्षण क्षमता विस्तार गर्नुपर्ने सुझावसमेत दिएको डब्लुएचओले जनाएको छ ।

सो टोलीले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाको मार्च १३ देखि २१ सम्म अध्ययन गरेका थिए । डब्लुएचओले कोभिड परीक्षणको लागि प्रयोगशालाले राम्रो तयारी गरेको बताउँदै नेपाल सरकार र प्रयोगशालालाई आवश्यक सहयोग गर्ने जनाएको छ । अहिले कोरोनाभाइरसको परीक्षण सुविधा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.