अर्थ

रुस-युक्रेन युद्धको असर नेपालको ऊर्जामा पनि

विद्युत प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटाको अनुमान

रुस र युक्रेनको युद्धका कारण विश्व ऊर्जा बजारमा परेको नकारात्मक असर नेपालमा पनि परेको छ । नेपालले अल्पकालीन विद्युत अभाव कम गर्न भारतसंग महंगोमा विद्युत खरीद गर्न बाध्य भएको छ ।

भारतबाट नेपालले प्रतियुनिट ३८ रुपैयाँमा खरीद गरी उद्योगहरुलाई पर्याप्त विजुली दिने निर्णय गरेको छ । यसबाट प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटा ब्यहोर्नुपर्ने अनुमान गरिएको छ ।

भारतबाट महंगामा विद्युत किन्नुपर्ने बाध्यता र यसबाट पर्ने असरबारे जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै अहिले भारतबाट महँगोमा बिजुली किन्नु परेको र यसले प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटा ब्यहोर्नुपर्ने अनुमान गरिएको बताउनुभयो ।

घिसिङले हालको समस्या छोटो अवधिको रहेको स्पष्ट पार्दै केही समयका लागि भारतबाट आउने बिजुली महँगो पर्ने परिस्थिति देखिएको र महँगोमै पनि आपूर्ति गरी उद्योगलाई दिने बाउनुभयो ।

उहाँले रुस र युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा पर्दा विद्युतको मूल्य अकासिएको बताउँदै यसको असर नेपालमा पनि परेको र यसलाई विश्वव्यापी संकटकै रुपमा बुझ्नुपर्ने घिसिङले बताउनुभयो ।

अल्पकालका लागि महंगोमै विजुली किनेर माग पूर्ति गर्न लागिएको र जेठपछि नेपालमै बिजुली उत्पादन बढ्ने र त्यसपछि समस्या नहुने कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

उहाँले भन्नुभयो असारदेखि त ४/५ सय मेगावट निर्यात नै गरिन्छ । बिहारबाट हाल नेपालमा दिउँसो दैनिक ३ सय मेगावाटसम्म बिजुली आइरहको छ । यो आर्थिक वर्षको केही महिना करिब ३० प्रतिशत बिजुली आयात भएको घिसिङले बताउनुभयो ।

नेपालको माग अनुसार नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट बिजुली किन्नका लागि प्रतियुनिट ३८ रुपैयाँमा प्रस्ताव हालेको छ ।

आईईएक्सबाट बिजुली किन्नका लागि प्रतियुनिट भारु २० रुपैयाँमा प्रस्ताव हालेको र ह्विलिङ चार्ज तथा कमिसन समेत गरेर उक्त बिजुली ३८ रुपैयाँमा नेपालले पाउने छ ।

पत्रकार सम्मेलनमा विद्युत् भार प्रक्षेपण केन्द्रका प्रमुख सुरेश भट्टराईले बिहीबार राति १२ बजेदेखि बिजुली किन्नका लागि प्रतियुनिट औसत भारु २० रुपैयाँमा प्रस्ताव हालेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.