बिचार

वनारसको “तुफानी यात्रा” र आर्जेको ज्ञान ?

गएको पौष महिनाको उत्तराद्र्धतिरको कुरा हो । माघ ७ गतेको माघी पूर्णिमामा गंगा स्नान, विश्वनाथ दर्शन गर्ने र निकै बखान हुने गरेको “मोदीले आफ्नो निर्वाचन क्षेत्र वनारसमा निकै विकास गरेका छन्, संघीयदेखि प्रदेशसम्मको सरकारले प्रधानमन्त्री मोदीका लागि आगामी सन् २०२४ मा हुने लोकसभा सदस्यको निर्वाचन क्षेत्र सुरक्षित राख्न भरमग्दूर गरिरहेको जुन सुनिएको थियो, त्यो सबै हेर्ने सोचले तीन सोम (सोमलाल सुवेदी, सोमनाथ घिमिरे र सोमनाथ अर्याल)सँगै वनारस जाने” हाम्रो योजना बनेको थियो । माघ लाग्न पाएको थिएन, कसैको के कसैलाइ के समस्या पर्यो ! अन्त्यमा योजना गफगाफमा नै सीमित भयो । माघी पूर्णिमाको दिनको साइत ट¥यो ।

मलाई भने एकपटक जाने भनिसकेपछि माघी पूर्णिमा गए पनि त्यही वनारस हो, जाने भनिसकेपछि पूर्णिमा पछि पनि किन नहुने भन्ने लाग्यो । स्मरण शक्ति क्षयीकरण गर्दै जानुभएकी जीवन सहयात्री कमला र उनका सहोर भाइ डा. सोमनाथ अर्यालसँग सल्लाह गरें । शुक्रबार र सोमबारको दिनको विहान सवेरै जम्मा दुई दिन मात्र नेपालबाट वनारसको उडान रहेछ । फागुन २४ गते शुक्रबार जाने निधो भयो । त्यति सबेरैको उडानबाट जान सहज नभए पनि आँटियो, गयौं ।

विमान उडेर बीचमा पुगेपछि विमान परिचारिकालाई “तपाईहरुको वनारस उडानमा अकुपेन्सी रेट (दर) कति छ” भनेर सोधें । प्रायः सत प्रतिशत हुने, कहिले काही “असी पचासी प्रतिशत हुन्छ” भनेर जवाफ दिइन् । मलाई सबैभन्दा पछाडिको सिट दिनुस्, भनेको थिएँ । सोही अनुसार पाएर बसेको थिएँ । विमान उडेको ३५–४० मिनेटपछि एकजना– सायद विद्युतीय र छापा माध्यमबाट मात्र परिचित जस्तो लाग्ने–भद्र पुरुष शौचालय गएको र फर्केको देखे । मन मथिङ्गलमा कौतूहल तरङ्गित भइरह्यो । जिज्ञाषा मेट्न वनारसको “वावतपुर” विमानस्थल– जस्लाई “लालबहादुर शास्त्री विमानस्थल” भनेर नामाकरण गरिएको रहेछ– पुगेर अध्यागमनतिर लाग्दैगर्दा आफ्नो खुल्दुली मेट्न संकोच मान्दै सोधे “यहाँ कान्तिपुर सँग ….“…..” उनले “हो, म सुधीर शर्मा हूँ” भनेर जवाफ दिएपछि “मेरो अनुमान सही रहेछ” भन्ने ठानें ।

सुधीर शर्मासँग दिलभूषण पाठकले “टूफ टक कार्यक्रमलाई बढी गहिरोसँग हेर्दा उनको (सुधीर शर्मा)को हरेक प्रश्नको उत्तर दियाइ शैली, त्यसपहिले र पछिका लेखहरु सहित प्रयोगशालाको ससर्ती अध्ययन गरेपछि मेरो मनमस्तिष्कमा “विश्वका उत्कृष्ट श्रेणीका पत्रकारहरुमध्येमा हामी नेपालीले पनि सगर्व उभ्याउन सक्ने लेखक/पत्रकार भनेर जस्लाई अन्तर्मनले ठाने–छानेको थियो, संयोगले आज भेट भयो, तीर्थयात्रा सफल हुने भयो, भन्ने ठानें । हामी अध्यागमनको प्रकृया पूरा गरेर निस्कँदै थियौं । त्यसैले “आफु पनि स्वतन्त्र पत्रकारको परिचयपत्र धारक भएको नाताले “हामी नेपाली पत्रकार जगतले पनि अन्तर्राष्ट्रिय स्तरका लेखक र पत्रकार हाम्रो नेपालमा पनि भएको उदाहरणमा सुधीर शर्मा लगायतका केहीका नाम प्रस्तुत गर्न सक्छौं” भन्ने जुन विश्वास लिइरहेको थिएँ । सुधीर शर्मासँग साक्षत् परिचय पाउँदा खुशी लाग्यो । त्यही सुनाएँ ।

उनीसँग भेट भएर परिचय लिएपछि फोन नं लिन बिर्से । पछि बाटोमा सुधीरजीबारे सोच्दै गर्दा “मैले फोन नं. लिएको भए सायद आफुलाई २०६१–६२ तिर कान्तिपुर प्रकाशन गृहका तत्कालिन दृश्य जगतका अधिपतिद्वय हेमराज ज्ञवाली र कैलाश सिरोहियासँग वहाँहरुको संचारगृहको भिजन र मिसन अवोध्य वहाँहरुको समस्या भए तिनको पहिचार र समाधान बारे जानकारी लिन कही कतैबाट आदेश पाएँ । जे जानकारी पाएँ खटाउने कहाँ पठाएँ । त्यसपछि अद्यावधिक हुने मौका पाउन सुधीरजीबाट सायद सक्थे होला” भन्ने लागेको थियो । संयोगले १२ ता (आइतबार) सारनाथ पुग्दा पुनः भेट भयो । फोन नं लिनुका साथै हामी फर्किने पनि एउटै उडान गरेको रहेछ भन्ने थाहा पाएँ । थप कुरा गर्ने चाहना मेरो भए पनि उनको चाहना भए जस्तो लागेन ।

संझे हरेक प्रकाशक र संपादकहरुलाई सधै पर्ने समस्या भनेको चिनेजानेकाले उनका प्रकाशनमा “ठाउँ (स्पेस) माग्छन्” भन्ने रहेछ । सुनेको कति सत्य हो ? थाहा छैन । शुरुतिरै सूचीवद्ध गरी लगानीकर्ताहरुबाट अभिस्वीकृतलाई राखेका बाहेकलाई उनीहरुले स्पेस दिन सक्दैनन् । तर त्यस्तो कुरा उनीहरु किमार्थ भन्दैनन्, भन्न सक्तैनन् । हेमराज ज्ञवालीलाई त आफ्ना साथी संगाती र निवृत्त कर्मचारी मित्रहरुले आफ्ना लेख प्रकाशन गर्न धेरै दवाव दिन्थे । त्यस्ले पनि उनलाई डिप्रेष्ट गराएको थियो र डिप्रेशनको हाइड्रोजनले उनलाई शिथिल वनाएको रे जेहोस् ।

वनारस पुगेपछि

वनारसको यात्रा समय निकै छोटो थियो । सोचे जति कार्यक्रम छिटो छिटो टुंग्याउनुपर्ने थियो । त्यसैले एयरपोर्टबाट हिड्ने बेलादेखि नै संक्षिप्त तालिका वनाइएको थियो । गएको दिन शुक्रबार नै गंगास्नान गरी विश्वनाथ र भैरवनाथ (काल भैरव) दर्शन सकेर खाना खाने भनेका थियौं । त्यसका लागि पायक पर्ने शहरको वीच गोदौलिया (दशाश्वमेघ) पुग्यौं ।

जब होटल, लज खोज्न थाले, कहीं पनि “खाली नही हैं” सुन्नुपर्यो । झण्डै एकघण्टा लगाएर एकदर्जन जति होटल, लज चाहारेपछि लखतरान परिसकेको थिएँ । संयोगले एउटा कामचलाउ लज (अमृत लज)मा हामीलाई चाहिने ३ वटा कोठा भेटियो । सुविधा र भाडाबारे सोच्नुपर्ने, सोध्नुपर्ने केही थिएन । जे पाइयो, त्यही ठूलो कुरा भयो । वैना वापत पाँच हजार भुक्तानी गरेर आफ्ना सामान र अन्य सबैलाई लिन गएँ ।

त्यसरी विहान ९ बजेतिर एयरपोर्ट पुगेका हामी ११ः३० बजे मात्र “बास”को व्यवस्था गर्न सफल भयौं र सामान होटलमा राखेर गंगा गयौं । आआफ्नो इच्छा अनुसार गंगास्नान गरेर “दशाश्व मेध” तिरबाट विश्वनाथ गल्लीतिर हुँदै दर्शन गर्न पस्यौं । दक्षिणी र पश्चिमी प्रदेश (आन्ध्र, कनार्टक, मदुराई र गुजरात) तिरबाट आएका दर्शनार्थीको भीड छिचोल्न खोज्दा खोज्दै हामीहरु नै तितरवितर भयौं ।

२–३ घण्टासम्म आफ्नो समूहका सदस्यहरुको खोजी गर्दागर्दै भीड भित्रै अलमलियौं । बल्लबल्ल तितर वितर भएको ठाउँमा भेट हुँदा कसैले कतैबाट मन्दिर प्रवेश गर्न सकेन छौं (सबैजना ३ः३० बजे होटल फर्किन बाध्य भयौं) । समय थोरै भएको र जसरी पनि सोचे ठाउँ पुग्ने र दर्शन गरेरै फर्किनु पर्ने बाध्यताले गर्दा गौदोलियाबाट भैरोनाथ (कालभैरव) दर्शन गर्न अटो रिक्सा लियौं ।

विश्वेश्वर गञ्ज चोकबाट कुनै सवारी प्रदेश गर्न पाउने रहेनछ । पैदलै मन्दिरसम्म गयौं । त्यहाँ पनि निकै लामो भीड रहेछ । पंक्तिवद्ध भएर जसरी तसरी दर्शन गर्यौं । दर्शनपछि शुक्रबारको दिन भएकोले संकट मोचन तिर सोझै लाग्यौं ।

भीड भए पनि अलि खुलाठाउँ भएकोले संकट मोचक (हनुमान)को दर्शन गरी होटल फर्किदा झण्डै ७ बजिसकेको थियो । भोक र थकाईले सकिनसकि खाना खानेतिर लाग्यौं । कहीँ कतै वस्न त के पस्न पनि सक्ने स्थिति रहेनछ । सबैतिर चाहार्दा चाहार्दै एकघण्टापछि माडवारी भोजनालयमा खाना खान पायौं । बसेर खाने ठाउँ खोज्दै पूर्व लागेका हामी झण्डै आधा किलोमिटर पश्चिम पुगेर खाना खाई फर्किदा सबैका पाइलै नचल्ने स्थितिमा पुगिसके छौ ।

“भोलिपल्ट सखारै ४ बजे त कसरी दर्शन गर्न नपाइएला” भन्दै जाँदा पनि झण्डै अघिल्लो दिनको जस्तो भीड भइसकेको रहेछ । एउटा “पण्डा”ले “दर्शन गर्ने हो ? प्रतिव्यक्ति सरकारी दस्तुर (टिकट लिँदा) ३ सय लाग्छ, म आधा घण्टामा सबैतिर दर्शन गराई दिन्छु, प्रतिव्यक्ति २ (दुई) सय देऊ भन्यो । हामी उसकै पछि लागेर अन्नपूर्णको छेडो (गल्ली)तिर लाग्यौं । अघिल्लो दिन त के अघिसम्म त्यतातिर हेर्ने पनि नदिने प्रहरीको डप्फाले पण्डा अगाडि हिडेपछि सबैतिरको घेरा खुला गर्दै गए ।

बाँस फाटकमा गएर सरकारी शुल्क तिरेर पनि वावा विश्वनाथकै दर्शन गर्ने हो । पण्डाले सवैतिरका प्रहरी पहरा पार गराउँदै आधा घट्टामा दर्शन गरायो खुशी नै भयौं । हामी शनिबार बाबा विश्वनाथको दर्शन गरेर निस्केपछि गिर्जाघर चौराहा पुग्यौं, विन्ध्याचल जाने ट्याक्सी नै पाएनौं । एउटा पुलीस (हवल्दार)ले” स्टेशन जाऊ, त्यहाँबाट पाइन्छ” भन्यो । एकसय तिरेर अटोरिक्सा लियौं । केण्ट रेल्वे स्टेशन अगाडिबाट टेक्सीले रु. २४०० (चौवीस सय)मा लैजाने, दर्शन गरुञ्जेल पर्खिने र हामीलाई (दर्शन गरेपछि) लिएर फर्किने” भन्यो । त्यहाँबाट विन्धाचल ७० कि.मि. भनेर चौमुहानीमा लेखेको देखेकै थिएँ ।

हामी विन्ध्याचल पुग्यौं । आजभन्दा ४२ वर्ष पहिला म र जीवन सहयात्री कमलाजीले वनारसबाट छोरी अंजनालाई लिएर छोरा आशिषको मुण्डन गर्न पुगेपछिको यो पहिलो विन्ध्याचल देवी दर्शन गर्न गएको धार्मिक यात्रा थियो । पहिले (२०३७–तिर) जाँदा एउटा सानो गाउँको रुपमा देखेको ठाउँमा ठूला महल र मलहरु नबनेको भएपनि अव्यवस्थित ससाना दुकानहरुको संख्या निकै थपिएको लाग्यो ।

त्यसमा पनि सडक सुधार र मन्दिर परिषदको विस्तारीकरणको सन्दर्भमा धेरै घर टहराहरु भत्काई सकिएको, तर निर्माणको काम भर्खर मात्र अन्यत्रको जस्तो तिव्र गतिमा नभई सुस्त ताल र चालमा अगाडि बढिरहेको देखियो । दर्शन गर्न जानेको अव्यवस्थित भीड, भित्रबाट व्यावसायिक पण्डाहरुले आफुले लगेका दर्शनार्थीलाई घुसाउने गरेकाले सामान्य दर्शनार्थीहरुको पीडा देख्दादेख्दै पनि हामीले लिएको पण्डाले आधा घण्टामा दर्शन गराउने वचन पुरा गर्न हात समाएर भीडमा ठेलमठेल गर्दै दर्शन गराए ।

फर्किदै गर्दा बाटोमा टेक्सी ड्राइभरलाई पर्सीपल्ट विहान सबेरै वापतपुर एयरपोर्ट पुर्याई दिन्छौ कि भनेर सोधें । उस्ले “जरुर पहँुचाएँगे” भन्दै दुई सय एडभान्स माग्यो । मैले पनि हिन्दी मैं “एडभान्स क्योँ, हम देंगे कि आँप” भने । “नहीँ आप देंगे” भन्यो । क्यो भनेर सोध्दा उस्ले “हो सके हम आएँ, आप नही जाएँगे तो” मैले फेरी भनें हो सके हम प्रतिक्षा करते रहें और आप नही आए तो, हाम ऐन मौके पर पहूँचना पाएँ और हमारा फ्लाईट छूट जाए तो” ऊ मरी मरी हास्यो, हामी सबै हास्यौं । उस्को गाडी नं. र मोवाइल नं. लिएँ रु.२०० एड्भान्स दिएँ ।

भोलिपल्ट आइतबार थियो । दुकान सबै वन्द रहने हुँदा विन्ध्याचलबाट फर्केपछि मार्केटिङ्ग गर्न थाल्यौं । एकजना इष्टमित्रले मसँग “पशुपति क्षेत्र विकास कोषमा कोषाध्यक्ष नै भएको बेला “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५०० (दुई हजार पाँच सय) किलो श्रीखण्ड चढाएको सुनेकोले एउटा टुक्रा नित्य पूजाका लागि पाउँन !” भनेर भनेको र “आफुले पनि वनारसबाट किनेर ल्याउने गरेको छु, बरु वनारस गएको बेला किनेर ल्याइदिने तर आफुले तलव भत्ताको त्यति ठुलो रकम मात्र नभई ४ वर्षसम्म नास्ता पानी समेत नलिएकोले हजूरका लागि पशुपति कोषबाट १ तोला पनि श्रीखण्ड दिन नसक्ने हुँदा क्षमा पाऊँ” भनेको संझे । राजादरवाजामा “……..खत्री” कहाँ श्रीखण्ड लिन गएँ । नं. १ को श्रीखण्ड प्रति केजी २२ हजार रहेछ । तैपनि ६० ग्रामको टुक्रा खरिद गरेर ल्याइदिएँ ।

आइतबार विहान गंगास्नान र नास्ता गरेपछि घाटैघाट मर्णिकर्णिको घाट निस्क्यौं । उता बाँस फाटकतिर टुंगिने मोदी–योगीको “विश्वनाथ क्षेत्र विकास”को शुरुआत (पुरानो मीरघाट) भएको रहेछ । हामी त्यो ठाउँ पुग्यौं । (त्यहाँ देखेका कुरा छुटै आउने छ) माथि उल्लेख गरेझै “गौतम वुद्धले पहिलो उपदेश दिएको” विश्व प्रसिद्ध सारनाथ गयौं । त्यहाँ पुग्ने वित्तिकै निःशुल्क गाइड गर्नेको भीडबाट एकजना–सायद नाम “निरञ्जन सिंह” भनेको थियो क्यार ! हाम्रो पछि लाग्यो । मैले प्रवेश टिकट र उस्को मेहनताना वारे सोधें । उस्ले “प्रवेश शुल्क नलाग्ने, आफुले त्यहीँको कर्मचारीको रुपमा पारिश्रमिक पाउने हुँदा “इच्छा लागेदिनू, नभए नदिए पनि हुन्छ” भन्दै पछि लाग्यो । र थाई नरेश र सरकारले वनाएको मन्दिरतिर लाग्यौं । त्यहाँ पृष्ठभूमिमा देखिने गरी अफगानिस्तानको वामियानमा तालीवानीले वुद्धमूर्ति तोडेपछि वनाईएको ८५ फिट अग्लो विशाल मूर्तिको प्रतिकृति हो” भन्दै सबै पर्यटकलाई फोटो खिच्न लगाइँदो रहेछ ।

निस्कँदै गर्दा “यहाँ तिब्बती धर्मगुरु दलाई लामाले ७ हजार बौद्ध बाल–युवा भिक्षुहरुलाई शिक्षा र अर्थाेपार्जन गर्ने उद्योग संचालन गरेका छन्, हेर्न हिँड “भन्दै लग्यो । भित्र जाँदा हरेक गाइडले त्यसरी नै ग्राहक लगेर सामान खरिद गराई रहेको देखें । मैले “ठिक छ, पहिले सारनाथ घुमौ,ं पछि आउँला” भनेर निस्कँदै गर्दा “यत्ति हो हेर्ने ठाउँ” भनेर जिद्दी ग¥यो । सुनेको नसुने झैं गरेर निस्कँदा त ऊ नदारत ! । माथि पट्टी संग्रहालयको प्रवेशद्वारमा पुग्दा टिकट लिनु पर्ने थाहाभयो, टिकट लिएँ ।

संग्रहालयभित्र प्रायः पाँचौदेखि १२ औं शताब्दितिरका र क्षतिग्रस्त प्रस्तुर मूर्तिहरुको प्रदर्शन गरिएको रहेछ । कुनै पनि सम्पदा कहाँबाट, कसरी, कहिले, प्राप्त भएको भन्ने उल्लेख गरिएको देखिएन । एउटा “रामग्राम स्तूप” (ए.सी.सी. ५२७) कहाँको राम ग्राम हो भन्ने उल्लेख थिएन । पहिलो शताब्दीको भन्ने मात्र देखियो । तर कहाँको “रामग्राम” भन्ने र पूरा सारनाथ भरी वुद्धको जन्मस्थल लुम्बिनी थियो भन्ने नदेखाइएको, ओं मणि पद्ये हुँ”का प्रवर्तक दलाई लामा भएको, ७ हजारलाई नित्य शिक्षा दिक्षा दिने काम पनि उनैबाट गरिएको “जस्ता कुराले मलाई सबै माथिबाटै योजनावद्ध रुपमा अपसूचना प्रवाह गर्न खोजिएको जस्तो लाग्यो ।

साँझको गंगा आरती हेर्ने सबैको हुटहुटी थियो । तर पनि प्रथम उपदेशको स्थल प्रवेशको टिकट पुन २५ का दरले लिएर ससर्ती घुम्यौं । आफु झण्डै ६० वर्ष अघि विद्यार्थी हुँदा देखेको प्राथनागृह, स्तूपहरु पनि देख्ने अवसर मिलेन, त्यहीँ एउटा विशाल चकलेटी रंगको स्तूप र उत्खननस्थल हेरेर फर्कियौं । साँझको गंगा आरती हेर्न पुग्यौं । त्यसपछि गंगाको मझधारबाट जर्किनमा गंगाजल लिएर फर्कियौं ।

मेरो स्तम्भका प्रतिहरु प्रायः बोकेर हिडेको हुन्नथे । तर संयोगले २ वटा अंक मेरो सुटकेशमा अघिल्लो रात भेटेकोले एयरपोर्टमा “सायद नयाँ टेस्ट देला” भन्दै सुधीर शर्माजीलाई दिएँ । उनले राखे कि, त्यही छोडे, “पढ्नु भयो कि भएन ? भनेर सोध्नु पनि भएन । एउटा मूर्घन्य लेखक, समसामयिक अन्तर्राष्ट्रिय घटना–परिघटनाहरुका सटीक विश्लेषक, प्रतिष्ठित पत्रकारसँगको संक्षिप्त भेटलाई यात्रा प्रारम्भको एउटा उपलब्धी नै माने ठानेंको छु ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.