क्रिकेटखेल

आइपिएलमा पञ्जाव र कोलकाताको विजयी सुरुवात 

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाव किंग्स र कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेका छन् । शनिबार भएको पहिलो खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा कोलकाताले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित निकाल्यो ।

पञ्जावको घरेलु मैदान मोहाली स्थित यादवेन्द्र सिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । दिल्लीका लागि साहि होपले ३३ रन बनाए भने डेभिड वार्नरले २९ रन बनाउँदा मिचेल मार्सले २० रन जोडे । त्यस्तै ऋषव पन्त १८ रन बनाई आउट भए भने अक्षर पटेलले २१ र अभिषेक पोरेलले ३२ रन जोडे ।

पञ्जावका लागि अर्सदिप सिंह र हर्सल पटेलले समान २-२ विकेट लिए । १७५ रनको लक्ष्य लिएर मैदान उत्रेको पञ्जावले १९.२ ओभरमा  ६ विकेट गुमाउँदै पुरा गर्‍यो । पञ्जावको जितमा साम कुरानले ४७ बलमा ६३ रनको अर्धशतकीय पारी खेले भने लियम लिभिङस्टोन ३८ रनमा अविजित रहँदा प्रभसिम्रन सिंहले २६ र कप्तान शिखर धवनले २२ रन बनाए । दिल्लीका लागि खलिल अहमद र कुलदिप यादवले समान २-२ विकेट लिए भने इशान्त शर्माको भागमा एक विकेट रह्यो ।

त्यसैगरी शनिबारै भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ४ रनले पराजित गरेको छ । भारतको इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । कोलकाताका लागि आन्द्रे रसेलले २५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६४ र ओपनर फिल साल्टले ५४ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, रमनदीप सिंहले ३५ रन बनाउँदा रिन्कु सिंहले २३ रन जोडे । हैदराबादका लागि थनगरासु नटराजनले ३ विकेट लिए भने मंयक मार्कन्डेले २ विकेट लिंदा प्याट कमिन्सको भागमा १ विकेट रह्यो ।

२ सय ९ रनको लक्षय पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि हेनरीच क्लासेनले २९ बलमा ६३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै  मंयक अग्रवाल र अभिषेक शर्माले समान ३२-३२ रन जोड्दा राहुल त्रिपाठीले २०, एइटन माक्रमले १८ र सहबाज अहमेदले १६ रन बनाए ।

प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुनेछन् । पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स नेपाली समय अनुसार दिउँसो ३:४५ मा जैयपुरमा भिड्दै छन् भने दोस्रो खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स अहमेदाबादमा ७:४५ मा आमने सामने हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.