जन सरोकार

नागढुङ्गामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा आइतबार साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५÷२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ ।

हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.