विश्व समाचार
रियादमा अमेरिका–युक्रेन वार्ता सुरु : युक्रेनी रक्षामन्त्री
रूससँगको युद्धमा आंशिक युद्धविराम सम्बन्धी अमेरिकी र युक्रेनी अधिकारीहरू बीचको वार्ता आइतबार साउदी अरेबियामा सुरु भएको युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोभले बताउनुभएको छ ।

“हामीले रियादमा अमेरिकी टोलीसँग बैठक सुरु गरेका छौँ”, उमेरोभले फेसबुकमा भन्नुभयो, “एजेन्डामा ऊर्जा सुविधाहरू र महत्त्वपूर्ण पूर्वाधारहरूको संरक्षण गर्ने प्रस्तावहरू समावेश छन् ।”
प्रतिक्रिया राख्नुहोस्