क्रिकेटखेल

आइपिएलमा चेन्नईको विजयी सुरुवात, मुम्बई चार विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै चेन्नईले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

आइपिएलमा चेन्नईको विजयी सुरुवात, मुम्बई चार विकेटले पराजित

चेन्नई एमए चिदम्बरम स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५५ रन बनाएको थियो । उसको लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए भने सुर्यकुमार यादवले २९ रन जोडे । त्यस्तै दीपक चहर २८ रनमा अविजित रहँदा नमन धिरले १७ रन जोडे ।

चेन्नईका लागि नूर अहमदले चार विकेट लिए भने खालिल अहमदले तीन विकेट लिंदा नेथन एलिस र रविचन्द्रन आश्विनको भागमा समान एक-एक विकेट रह्यो । मुम्बईले प्रस्तुत गरेको १५६ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले १९.१ ओभरमा छ विकेट गुमाउँदै पूरा गर्‍यो ।

चेन्नईको लागि रचिन रविन्द्र र कप्तान ऋतुराज गैकवाडले क्रमश: ६५ र ५३ रनको अर्धशतकीय पारी खेले भने रविन्द्र जडेजाले १७ रन बनाए । मुम्बईका लागि विग्नेश पुथुरले तीन विकेट लिए भने दीपक चहर र विल ज्याक्सको भागमा समान एक-एक विकेट रह्यो ।

प्रतियोगिता अन्तर्गत आज पौने आठ बजे दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.