प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सानदार जित निकालेको छ । सोमबार भएको खेलमा बागमतीले कोशीमाथि नौ विकेटको सानदार जित निकालेको हो ।

जारी प्रतियोगितामा बागमतीको यो चौथो जित हो भने कर्णालीको चौथो हार। देउखुरी क्रिकेट मैदान दाङमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९ दशमलव एक ओभरमा ५८ रनमा समेटियो । कर्णालीको लागि सुनिल धमलाले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीको लागि रिजन ढकालले पाँच विकेट लिए भने सुर्य तामाङको भागमा चार विकेट रह्यो । कर्णालीले प्रस्तुत गरेको ५९ रनको लक्ष्य बागमतीले छ दशमलव ३ ओभर एक विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको लागि इशान पाण्डेले २२ रन बनाए भने आशुतोष घिरैया १९ र शुभ कंसाकार १६ रनमा अविजित रहे । कर्णालीको लागि दिपेन्द्र रावतले एक विकेट लिए ।
जितसँगै बागमती आठ खेलमा चार जित र चार हारसहित आठ अंक जोड्दै तालिकाको चौथों स्थानमा उक्लिएको छ भने समान खेलमा आठ अंक नै जोडेको कर्णाली पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्