जन सरोकार

काठमाडौं र दाङबाट गरगहना र नगद चोरी

काठमाडौं र दाङबाट गरगहना र नगद चोरी भएको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरबाट नगद १ लाख रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार ८ सय रूपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको छ ।

त्यस्तै दाङ, लमही नगरपालिका-५ सनलाईट चोक डेरा गरी बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएका बासु पौडेलको कोठाबाट करिब ७ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद आइतबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.