क्रिकेटखेल

एपिएफको फाइनल पुग्ने सम्भावना जिवितै, लुम्बिनी सात विकेटले पराजित

प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा एपिएफले फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ । सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गर्दै एपिएफले फाइनल पुग्ने सम्भावना जिवितै राखेको हो ।

एक्स्ट्रा टेक ओभल स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २३ रन बनायो । लुम्बिनीको लागि कप्तान देव खनालले ७९ बलमा चार चौकको मद्दतमा ६३ रनको अर्धशतकीय पारी खेले भने मृनाल गुरुङले ८७ बलमा चार चौका प्रहार गर्दै ५५ रनको अर्धशतकीय इनिङ्ग खेले ।

त्यस्तै आकाश त्रिपाठीले २२ रन जोड्दा प्रज्वल थापाले २० रन बनाए । एपिएफको लागि अमर राउटेला र अभिषेकले समान तीन-तीन विकेट लिए भने र मौसम ढकालको भागमा दुई विकेट रह्यो । लुम्बिनीले प्रस्तुत गरेको २सय २४ रनको लक्ष्य पछ्याएको एपिएफले ४१.५ओभरमा तीन विकेटको गुमाउँदै पूरा गर्यो ।

एपिएफको लागि पुरन विकले ११२ बलमा छ चौका र एक छक्का सहित अविजित ७२ रनको अर्धशतकीय पारी खेले भने रोहित पौडेलले ९४ बलमा सात चौकाको मद्दतमा ७१ रनको अर्धशतकीय इनिङ्ग खेले । त्यस्तै सन्दीप जोरा २१ रनमा अविजित रहँदा लोकेश बमले २१ र आशिफ शेख १८ रन जोडे । लुम्बिनीको लागि राजेन्द्र बमले तीन विकेट लिए ।

जितसँगै एपिएफ आठ खेलमा १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भए प्रतियोगिताबाट बाहिरिसकेको लुम्बिनीले ९ खेलमा आठ अंक जोड्दै तालिकाको छैटौं स्थानमा रहँदै जारी प्रतियोगिता सकाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.