जापानद्वारा सिन्धुलीमा नवनिर्मित स्वास्थ्य केन्द्र हस्तान्तरण
जापानले सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकालाई नवनिर्मित स्वास्थ्य केन्द्र हस्तान्तरण गरेको छ ।

नयाँ भवन जापानी सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) अन्तर्गत लगभग ९७ लाख नेपाली रुपैयाँको अनुदान सहयोगमा निर्माण गरिएको स्वास्थ्य केन्द्र सिन्धुलीस्थित स्थानीय गैरसरकारी संस्था ‘सहकार्य नेपाल’द्वारा कार्यान्वयन गरिएको हो ।
स्वास्थ्य केन्द्रले समुदायलाई नि:शुल्क चिकित्सा सेवा प्रदान गर्दछ । पुरानो भवन भत्किने जोखिममा रहेकाले समुदायमा स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न यसको पुनर्निर्माण गरिएको हो ।
गोलञ्जोर ग्रामीण नगरपालिकाको वडा नम्बर १ मा रहेको नवनिर्मित स्वास्थ्य केन्द्रमा परिक्षण र प्रशासन कक्ष, उपचार कक्ष, बिरामी कक्ष, स्वागत कक्ष र नर्स स्टेशन, फोहोर व्यवस्थापन कक्ष, भण्डारण कक्ष र दुई शौचालयहरू समावेश छन् । स्वास्थ्य केन्द्रले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा सुधार ल्याउने र यस क्षेत्रको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस अवसरमा, जापानी दूतावासले परियोजनामा संलग्न सबै व्यक्तिहरू र परियोजना पूरा गर्नेहरुको प्रशंसा गरेको छ । साथै यस्तो परियोजनाहरूले जापान र नेपालका जनता बीचको मित्रतालाई अझ सुदृढ बनाउन योगदान पुर्याउनेमा दुतावास आशावादी छ ।
देशको सामाजिक-आर्थिक विकासको लागि तल्लो तहका जनतालाई प्रत्यक्ष लाभ पुर्याउने परियोजनाहरू कार्यान्वयन गर्न जीजीपी स्थापना गरिएको थियो । सन् १९९१ देखि नेपालमा २०० भन्दा बढी जीजीपी परियोजनाहरू कार्यान्वयन भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्