जल/वातावरण

प्लाष्टिकजन्य फोहरबाट इन्टरलक र टायल उत्पादन

मुलुकका कतिपय नगरहरुमा फोहर व्यवस्थापनको चर्को समस्या छ भने कतिपयले फोहरबाट मोहर बनाउन सकिन्छ भन्दै योजना बनाए पनि काम गरिरहेका छैनन् ।

यसै क्रममा दाङको राप्ती गाउँपालिकाले नेपालमै पहिलोपटक प्लाष्टिकजन्य फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू गरेको छ ।  फ्यामिली प्रालि हेटौँडासँग सहकार्य गरी गाउँपालिका–२ पूण्यपुरमा टायल उत्पादन सुरू गरिएको हो ।

पालिकाभित्रको प्लाष्टिकजन्य फोहरबाट यसरी मोहर बनाउने अभियानबमोजिम उक्त कार्य गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । फोहरमुक्त पालिका निर्माणका लागि उक्त कार्य गरिएको हो ।

साथै उहाँले फर्निचरजन्य सामग्रीसँगै टाँक, कपडाबाट कपास र जैविक वस्तुबाट मल उत्पादनको तयारी भइरहेको जानकारी दिनुभयो । स्वच्छ र हरित पालिका निर्माण गर्नुका साथै अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष विष्टको भनाइ छ ।

“यो नेपालमै पहिलोपटक फोहरलाई यस प्रकार वातावरणमैत्री उत्पादनमा रूपान्तरण गर्ने परियोजना हो”, उहाँले भन्नुभयो, “यसको सफलता भनेको स्थानीय सरकारहरूको क्षमतामा नयाँ युगको सुरूआत हो ।”

साथै पालिकाले सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रम पनि सुरू गरेको छ । यसले वडास्तरमा सरसफाइ गर्ने प्रतिस्पर्धा गराउने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.