बिचित्र

अमेरिकी शहर कोकिनको नशाले झ्याप भएको जङ्गली बिरालोबाट हैरान भएपछि…

अमेरिकी राज्य ओहियोस्थित सिनसिनाटी चिडियाघर र बोटानिकल गार्डेनमा एउटा सर्भल क्याट दर्दनाक अनुभवपछि ठीक भइरहेकाे छ । सर्भल क्याट चितुवाजस्तै देखिन्छ तर यसको आकार निकै सानो हुन्छ ।

जङ्गली बिरालो

परीक्षणपछि थाहा भयो, बिरालाेले कोकिन खाएकाे रहेछ । तर कोकिन कसरी, कहाँ भेट्यो भन्नेबारे केही खुलेको छैन ।

सामाजिक सञ्जालमा हालै ‘कोकिन बियर’ नामको एक फिल्मको डभ भर्सन ‘कोकिन क्याट’ को नाममा शेयर भइरहेकाे छ । कोकिन बियर फिल्म ८० किलोको कालो भालुको जीवनको वास्तविक कथामा आधारित छ, जो कोकिन खाएपछि हिंस्रक हुन्छ ।

सर्भल क्याट अफ्रिकी मूलको नस्ल हो । यो नस्लका जनावर सहाराको घाँसे मैदान र झाडीमा घुम्दै गरेको पाइन्छ । यो घरेलु बिरालोको तुलनामा निकै ठूलो र लामो हुन्छ । यो ६० सेन्टिमिटरसम्म लामो हुन्छ । यसको वजन ८ देखि २० किलोमिटरसम्म हुन्छ ।

जंगली बिरालोलाई चितुवा भनेर गल्ती
हेमिल्टन काउन्टी डग वार्डन सर्भिसेजलाई २० जनवरीको बिहान चितुवाको रिपोर्ट जाँच गर्न बोलाइयो । एनिमल केयरका कम्युनिटी इन्गेजमेन्ट म्यानेजर रे एन्डरसनका अनुसार, सिनसिनाटी पुलिस ट्राफिक स्टपमा एक व्यक्तिलाई गिरफ्तार गर्दैगर्दा बिरालो भागेको थियो ।

यो सर्भल क्याटको नाम एमिरी हो । सर्भल क्याट एक व्यक्तिको कारहुँदै रुखमा चढ्यो । एन्डरसनले एमिरी रुखबाट उतार्दा खुसी नदेखिएकाे बताए । उनीहरूलाई थाहा थिएन, कुन जनावरलाई रुखबाट उतारिरहेका छाैँ भनेर । यसका लागि उनीहरू ठूलो टिमका साथ आएका थिए । ‘हामाे सुरुवाती अनुमानचाहिँ याे एक हाइब्रिड बिरालो थियो, जुन ओहियोमा कानुनी हाे । तर, हाम्रा विज्ञको मान्यता थियो– एमिरी एक सर्भल क्याट हो, जसलाई पाल्न गैराकानुनी हुन्छ’, एन्डरसनले भने ।

कसरी पायो कोकिन ?
मेडिकल टिमले एमिरीको परीक्षण गर्‍यो, त्यसको डीएनए परीक्षणका लागि स्याम्पल लियो । नशालु पदार्थ सेवन गरे/नगरेको परीक्षण गरियो । एमिरीको रिपोर्ट पोजिटिभ आयो ।

उद्धारका क्रममा सर्भल क्याटको खुट्टा भाँचियो । घरेलु जनावरको एनिमल सेल्टरमा जंगली बिरालोलाई राख्ने व्यवस्था थिएन । त्यसैले एमिरीलाई सिनसिनाटी जुमा थप उपचारका लागि पठाइयो । एमिरीले कोकिन कसरी सेवन गर्‍यो भन्ने कुरा पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धान ओहियो प्रान्तको कृषि विभागले गरिरहेको छ ।

बीबीसी हिन्दीबाट अनुबाद गरिएको

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.