क्रिकेटखेल

आइपिएलमा राजस्थान र गुजरातको विजयी सुरुवात  

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्यो भने दोस्रो खेलमा गुजरातले मुम्बई इन्डियन्समाथि ६ रनको रोमाञ्चक जित निकाल्यो ।

आइपिएल

भारतको जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । राजस्थानको लागि कप्तान सन्जु स्यामसनले अविजित रहँदै ८२ रनको अर्धशतकीय पारी खेले भने रियान परागले ४३ रन बनाउँदा यस्सवी जैसवालले २४ र धुर्व जुरेलले २० रन जोडे । लखनउका लागि नभिन उल हकले २ विकेट लिए भने मोसिन खान र रवि विश्नोईको भागमा समान १-१ विकेट रह्यो ।

१ सय ९४ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रनमात्र बनाउन सक्यो । लखनउका लागि निकोलस पुरन ६४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै कप्तान केएल राहुलले ५८ रन बनाए भने दिपक हुडाले २६ रन जोडे । राजस्थानका लागि ट्रेन्ट बोल्टले २ विकेट लिए भने नन्द्रे बुर्गर, रभिचन्द्रन आश्विन, युजवेन्द्र चाहल र सन्दीप शर्माको भागमा समान १-१ विकेट रह्यो ।

आइपिएल

त्यसैगरी आइतबारकै भएको दोस्रो खेलमा अहिले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गर्दै गुजरातले विजयी सुरुवात गरेको छ । गुजरातको घरेलु मैदान अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । उसका लागि साइ सुदर्शनले ४५ रन बनाउनु सर्वाधिक रह्यो भने कप्तान शुभमन गिलले ३१ रन जोड्दा ऋद्दिमान साहाले १९ रन बनाए ।

आइपिएल

यस्तै अज्मतुल्लाह ओमरजाइले १७ रन बनाउँदा डेभिड मिलर १२ र राहुल तेवेतीयाले २२ रन जोडे । मुम्बईका लागि जसप्रित बुमराहले ३ विकेट लिए भने जेराल्ड कोट्जेले दुई विकेट लिंदा र पियुष चावलाको भागमा एक विकेट रह्यो । १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमात्र बनायो । मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ४६ रन बनाए भने रोहित शर्माले ४३ रन जोडे ।

आइपिएल

त्यस्तै तिलक बर्माले २५ रन जोड्दा नमन धिरले २० रन बनाए । गुजरातका लागि अजमुल्लाहा ओमरजाइ, उमेश यादव, स्पेनसर जोनसोन र मोहित शर्माले समान २-२ विकेट लिए । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किंग्स बिच नेपाली समय अनुसार बेलुकी ७:४५ बजे प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.