राजनीति

प्रचण्डसहितको बैठकपछि सरकारले हटायो कुलमानलाई विद्युत प्राधिकरणबाट

लामो समयदेखिको रस्साकस्सीपछि सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

सोमवार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताको बैठकपछि बसेको मन्त्रिपरिषद् बैठकले कुमानलाई सोमबारबाटै लागू हुने गरी विद्युत प्राधिकरणबाट हटाउने निर्णय गरेको हो ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि भूमि व्यवस्था तथा सहकारीमन्त्री सहकारीमन्त्री बलराम अधिकारीले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै घिसिङलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टीकरण सोध्दा पनि उहाँले चित्तबुझ्दो जवाफ दिन सक्नुभएन ।’

घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटक पटक स्पष्टीकरण सोधेको थियो । पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टीकरण दिनु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.