राजनीति

नयाँ पुस्तालाई उत्पादनसँग जोडेर अर्थतन्त्र सबल बनाउनुपर्छ : महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई कृषि उत्पादनमा जोड्दै अर्थतन्त्रलाई सबल बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालको जागरणसभा : महासचिव पोखरेल

कृषि विकास बैंक कर्मचारी सङ्घ नेपालको १०औँ केन्द्रीय परिषद्को सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले युवा विदेश पलायनबाट रोक्न कृषिलाई केन्द्रबिन्दुमा राखेर सँग कृषिको व्यवसायीकरण गर्न बैंकले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले पराम्परागत कृषि पद्धतिलाई परिवर्तन गरी वैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्न जरुरी रहेको भन्दै बैंकले पनि आफ्नो प्राथमिकता बुझ्न आवश्यक रहेको बताउनुभयो ।

कृषि विकास बैंकले पछिल्लो समय आफूलाई सुधार गर्दैै लगेकामा प्रशंसा गर्दै उहाँले बचतकर्ताको संरक्षण गर्ने दायित्व नबिर्सन आग्रह गर्नुभयो । “ऋणीहरू इमानदार नहुँदा बैंक तथा वित्तीय संस्था सङ्कटमा पर्नु हो । ऋणीलाई स्रोत र प्रविधि हस्तान्तरण गर्दै उनीहरूसँग नजिक रहनुपर्छ । ऋण प्रवाह गर्दा काज र मनोविज्ञान पनि बुझ्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले पछिल्लो समय लोकतन्त्रमाथि प्रहार गर्न केही मानिसहरू मक्किएका राजालाई बोकेर हिडेको आरोप लगाउनुभयो । “लोकतन्त्रको विकल्प छैन । कतिपयले विसं २०४६ को परिवर्तनपछि के भयो भनेर टिप्पणी गर्छन् तर त्यसअघि देशको अवस्था कस्तो थियो भनेर हेरौँ । शिक्षा, स्वास्थ्य, सडक, सञ्चार तथा प्रविधि, पुल निर्माणले लोकतन्त्र स्थापनापछि नै तीव्रता पाएको हो”, उहाँले भन्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जनताको जीवनस्तर माथि उकास्न बैंकले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा बैंकले उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । एमाले नेता एवं पूर्वमन्त्री किरण गुरुङले राजतन्त्र गणतन्त्रको विकल्प हुन नसक्ने बताउनुभयो ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पछिल्लो समय बैंक मुनाफा गर्नेतर्फ अगाडि बढेको र खराब कर्जा घटाउने अभियानमा आफूहरू लागेको बभताउनुभयो । उहाँले ८२ हजार किसानलाई रु ६७ अर्ब लगानी गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.