राजनीति

कुलमान हटाउने निर्णय आपत्तिजनक, यो समाचार असत्य साबित होस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने सरकारको निर्णय आपत्तिजनक रहेको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्ड

सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रचण्डले कुलमान घिसिङ हटाएकोमा सरकारको निन्दा पनि गर्नुभएको छ । उहाँले देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा आफ्नो नेतृत्वको सरकारले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको पनि बताउनुभएको छ ।

सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक रहेको र कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको निर्णय प्रति घोर निन्दा गर्दछु उहाँले भन्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘आशा गरौं यो खबर असत्य सावित होस् । यदि सत्य रहेछ भने सरकारको यो कदम विल्कुल गलत र आपत्तिजनक छ । कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु ।’

‘उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ । उनै कुलमानलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेका कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो’ प्रचण्डले भन्नुभएको छ ।’

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.