क्रिकेटखेल

आशुतोष शर्माको आक्रामक ब्याटिङमा दिल्लीको रोमाञ्चक जित, लखनउ एक विकेटले पराजित

आशुतोष शर्माको आक्रामक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले रोमाञ्चक जित निकालेको छ । सोमबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गर्दै दिल्लीले रोमाञ्चक जित निकालेको हो ।

आइपिएल

विशाखापट्टनम रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०९‌ रन बनाएको थियो । उसको लागि निकोलस पूरनले ३० बलमा छ चौका र सत्त छक्काको मद्दतमा ७५ रन्को अर्धशतकीय पारी खेले भने मिचेल मार्शले ३६ बलमा छ चौका र छ छक्काको सहयोगमा ७२ रनको अर्धशतकीय इनिङ्ग खेले ।

त्यस्तै डेभिड मिलर २७ रनमा अविजित रहँदा एडेन मार्कमले १५ रन जोडे । दिल्लीका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने कूलदीप यादवले दुई विकेट लिंदा मुकेश कुमार र विप्राज निगमको भगमा समान एक-एक विकेट रह्यो ।

लखनउले दिएको २१० रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले ३ बल बाँकी हुँदा नौ विकेट गुमाएर पूरा गर्यो । उसको लागि आशुतोष शर्माले ३१ बलमा पाँच चौका र पाँच छक्काको मद्दतमा अविजित ६६ रनको अर्धशतकीय पारी खेले भने ट्रिस्टन स्टब्सले ३४ रन बनाए ।

यस्तै विप्राज निगमले ३९ रन जोड्दा फाफ डु प्लेसीसले २९ र अक्षर पटेलले २२ रन बनाए । लखनउका लागि शार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्वेश राथी र रवि विश्नोइले समान दुई-दुई विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज गुजरात टाइटन्स र पञ्जाब किंग्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.