राजनीति

नेपाल विद्युत् प्राधिकरणमा सरकारले प्रतिगमन गरेछ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले सरकारले नेपाल विद्युत् प्राधिकरणमा प्रतिगमन गरेको बताउनुभएको छ ।

सार्वजनिक पदका नेता आर्थिक लेनदेनमा जोडिए कारबाही गर्छौँ : अध्यक्ष लिङ्देन

उहाँले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेको आरोप लगाउनुभएको हो ।

त्यस्तै अध्यक्ष लिङ्देनले सरकारको यो निर्णयको विरोध गर्न पनि अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ । नेपाल विद्युत प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुनः संकट आउन सक्ने खतरा बढेको छ ।’

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.