राजनीति
सरकारको निर्णयविरुद्ध कुलमान अदालत जाने
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध अदालत जाने बताउनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।

सरकारको यस्तो निर्णयपछि कुलमानले अदालत जाने तयारी गर्नुभएको हो । त्यस्तै उहाँले राम्रो काम गर्दा गर्दै पनि सरकारले अनावश्यक आरोप लगाएर हटाएकोमा असंयुष्टि पोखेका छन् । उहाँले आफूले समाचार आएपछि यसबारे थाहा पाएको भन्दै सरकारको निर्णयविरुद्ध अदालत गएर न्याय खोज्ने बताउनुभयो ।
कुलमानले मन्त्रिपरिषद्ले आफुलाई हटाएको पत्र पाएपछि अदालत जाने बताउनुभयो । उहाँले भन्नुभयो,‘मैले पनि समाचारबाट थाहा पाएँ ।‘मन्त्रिपरिषद्ले पदबाट हटाएको पत्र आउँछ होला । पत्र बुझेपछि अदालत जान्छु ।’
प्रतिक्रिया राख्नुहोस्