राजनीति
एक हप्तामा कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु : बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिनुभएको छ ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले यस्तो चेतावनी दिनुभएको हो । उहाँले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि तलब नपाएको बताउनुभएको छ । उहाँले दलका नेताप्रति लक्षित गर्दै भन्नुभएको छ , ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !’
बालेनले फेसबुकमा लेख्नुभएको छ, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !’
प्रतिक्रिया राख्नुहोस्