राजनीति

जनार्दन शर्माद्वारा कुलमानको प्रशंसा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुलमान घिसिङको प्रशंसा गर्नुभएको छ । मंगलबार आफ्नो फेसबुकमार्फत शर्माले घिसिङको प्रशंसा गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो । उपमहासचिव शर्माले लोडसेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गर्दै राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ती सधैँ पराजित हुने समेत बताउनुभएको छ ।

त्यस्तै उहाँले ‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै आफूले नै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको स्मरण गर्नुभयो ।

‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै मैले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्न चाहन्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृत्ति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ती सधैँ पराजित नै हुनेछन्उ’ पमसचिव शर्माले भन्नुभएको छ । ’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.