राजनीति
कुलमानलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकार र पार्टीले गर्न सक्दैन : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकार र पार्टीले गर्न नसक्ने बताउनुभएको छ ।

उहाँले सरकारको यस्तो कदम सरकारको कुशासनको निरन्तरताको अर्को कडी भएको बताउनुभएको छ । त्यस्तै नेता कोइरालाले कुलमान हटाउने निर्णयमा नेपाली कांग्रेसले यसको स्वामित्व लिने नहुने बताउनुभएको छ ।
नेता कोइरालाले लेख्नुभएको छ – ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’
प्रतिक्रिया राख्नुहोस्