“मेरो कार्यकालमा जति पुल र सडकहरू न पहिले बनेको थियो, न भविष्यमा नै बन्नेछ”
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासको गतिमा अघि बढिरहेको बताउँदै आफ्नो प्रधानमन्त्रीत्व कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने दावी गर्नुभएको छ ।

उहाँले विकासका काम भैरहको र सरकार समृद्ध नेपाल, सुखी नेपाली अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई असफल बनाउन सक्रिय भएको आरोप समेत लगाउनुएको छ ।
मंगलबार काठमाडौंमा आयोजित प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाउनुभएको हो ।
प्रधानमन्त्री ओलीले संवैधानिक प्रतिपक्षको भूमिका वैज्ञानिक र यथार्थपरक हुनुपर्नेमा त्यस्तो नभइरहेको बताउँदै बिरोध गर्ने पनि वैज्ञानिक आधार हुनुपर्ने बताउनुभयो ।
‘उहाँले विपक्षीहरु कसरी सत्यलाई ढाक्न सकिन्छ, झूटलाई फैल्याउन सकिन्छ, कसरी सरकार र सरकारमा बसेका दलका नेतालाई बदनाम गर्न सकिन्छ न्नेमा बढी सक्रिय रहेको पनि आरोप लगाउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि देश विकासका लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा आफ्नो ध्यान रहेको बताउनुभयो ।
त्यस क्रममाा उहाँले आफ्नो प्रधानमन्त्रीत्व कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने छ भन्दै ‘नेपाल विकास भएको देख्न नचाहने त्यस्ता तत्वहरूले केही पनि भएन, केही पनि भएन भनेर हल्ला गर्ने तत्वहरू सक्रिय भएको आरोप पनि लगाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्