क्रिकेटखेल

ललित बने प्रधानमन्त्री कपको इतिहासमा एक सय विकेट पूरा गर्ने पहिलो खेलाडी

ललित नारायण राजवंशीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको इतिहासमा एक सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २०१७ बाट सुरु भएको प्रधानमन्त्री कपमा लगातार विभागीय टोली नेपाल पुलिस क्लबबाट क्रिकेट खेल्दै आएका ललितले ४० इनिङमा यो सफलता प्राप्त गरेका हुन् ।

प्रतियोगिता अन्तर्गत आज (मंगलबार) कर्णाली विरुद्धको खेलमा कर्णालीका कप्तान दिवान पुनको विकेट लिए संगै ललितले योसफलता प्राप्त गरेका हुन् । जारी प्रतियोगितामा पनि ललित धेरै विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् ।

प्रधानमन्त्री कपको इतिहासमा त्रिभुवन आर्मी क्लबका शाहब आलम ९९ विकेटका साथ दोस्रो स्थानमा छन्सु भने दूरपश्चिमका शेर मल्ल ६९ विकेटका साथ तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.