क्रिकेटखेल

विशाल पटेल चम्किंदा मधेसको जित, सुदूरपश्चिम ४४ रनले पराजित

विशाल पटेलले छ विकेट लिएसंगै मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा मधेसले सुदूरपश्चिमलाई ४४ रनले पराजित गरेको हो ।

भैरहवाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले ४२.३ ओभरमा सबै विकेट गुमाएर १ सय २ रन बनायो । मधेसका लागि प्रदीप पासवानले अविजित रहँदै २३ रन बनाए भने पवन सर्राफले १९ रन जोडे ।

त्यसरी दिपेश दास र रुपेश सिंहले‌ समान १२-१२ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले समान चार-चार विकेट लिए भने नारायण जोशी र विकास अग्रीको भागमा समान एक-एक विकेट रह्यो । मधेसले प्रस्तुत गरेको १ सय ३ रनको लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि हेमन्त धामीले सर्वाधिक १९ रन बनाउनु बाहेकअन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मधेसको लागि विशालले पाँच ओभरमा १७ रन खर्चिएर छ विकेट लिए भने प्रदिप पासवानले तीन विकेट लिंदा रुपेश सिंहको भागमा एक विकेट रह्यो ।

जितसँगै मधेस आठ खेलमा छ अंक जोड्दै तालिकाको सातौ स्थानमा उक्लिएको छ र उसको शीर्ष चारमा पुग्ने सम्भावना कायमै राखेको छ । यता पराजित सुदूरपश्चिम नौ खेलमा दुई अंक जोड्दै हारका साथ जारी संस्करणको प्रतियोगिता सकाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.