हामी संगै जेल बसेका हौं, ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले आफू र प्रधानमन्त्री केपी शर्मा ओली संगै जेलमा बसेको र त्यही बेलादेखिको साथी भएको बताउँदै उहाँलाई नेपाली कांग्रेसको पूर्ण साथ रहेको बताउनुभएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिंगलाई सरकारले बर्खास्त गरेपछि सत्ता साझेदारीमा दरार उत्पन्न भएको आँकलन भैरहेका बेला सभापति देउवाले सो कुरा बताउनुभएको हो ।
मंगलबार प्रधानमन्त्री निवाु बालुवाटारमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाद्वारा लिखित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व उपप्रधानमन्त्री सुजता कोईरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा’ आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सभापति देउवाले भन्नुभयो, “ओलीजी र हाम्रो पार्टीको बिचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेलभित्रको पनि जेलमा बस्नुभएको हो । हाम्रो राजनीति आफ्नो ठाउँमा छ । हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ । हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । कांग्रेसको पूर्ण समर्थन छ ।”
प्रतिक्रिया राख्नुहोस्