राजनीति

“नियुक्त हुनेवित्तिकै कुलमानले बिजुली बोकेर ल्याएको हो र उज्यालो नायक मान्नु ?” : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु सामान्य भए पनि तीललाई पहाड बनाउने काम भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेस नेतृ सुजता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा’ नामक आत्मकथाको लोकार्पण समारोहलाई बोल्ने क्रममा प्रधानमन्त्री ओलीले सो टिप्पणी गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेपछि आक्रोश पोख्दै सञ्जालदेखि सडकसम्म विरोध सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले भन्नभयो, पहिला–पहिला तिलका पहाड बनायो भन्थे । तिललाई नै पहाड बनाउने चलन छ । त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ । अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन् ।

कुलमानप्रति आम नागरिकमाा बसेको छाप गलत भएको भन्दै प्रधानमन्त्री ओलीले कुलमान नियुक्त हुनेवित्तिकै जादु, चमत्कार नभएको भन्दै यस्ता कुराको भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “उहाँ (कुलमान) ले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ । अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो ? त्यसबेला ल्याउनुभएको थियो की उहाँ (प्रचण्ड) ले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो की ? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने । कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.