राजनीति

देश विकासका लागि नयाँ पुस्ता तयार हुनुपर्छ : विजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले समाजलाई आमूल परिवर्तनको लागि निःस्वार्थपूर्वक सेवा गर्ने नयाँ पुस्ता देशका लागि तयार हुनुपर्ने बताउनुभएको छ ।

नारायणमान बिजुक्छेँ

ख्वप कलेजले आयोजना गरेको शिक्षकशिक्षिका अन्तरक्रियामा उहाँले देशको हरेक घटना र विचारलाई व्यापक दृष्टिकोणले हेर्दै निस्वार्थ भावनाल काम गर्ने जनशक्ति तयार पार्नुपर्ने बताउनुभयो ।

समाजवाद ल्याउन एक ऐतिहासिक युग लाग्न सक्ने भएकाले अहिलेदेखि नै यससम्बन्धी कार्यलाई निरन्तरता दिनुपर्ने बताउँदै अध्यक्ष विजुक्छेले भन्नुभयो, “हाम्रो गतिविधि र आचरण समाजवादी विचारधारासँग मिल्नुपर्छ । त्यसका लागि समाजवादी विचारधाराले तडकभडकलाई निरूत्साहित र शारीरिक श्रमलाई सम्मान गर्दै उत्पादनलाई प्राथमिकता दिनुपर्छ ।”

व्यक्तिगतभन्दा सामूहिक हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिवादी सोच र प्रवृत्ति त्याग्दै नैतिकरूपमा पतन हुने कुनै कार्यमा नलाग्न आग्रह गर्नुभयो । नैतिक, बौद्धिक र शारीरिकरूपमा सक्षम भएमात्र देशविरोधीहरू प्रतिस्पर्धा गर्न सकिने भन्दै उहाँले नयाँ पुस्तालाई हरेक क्षेत्रमा अब्बल बनाउने दायित्व शिक्षक शिक्षिकाको रहेको औँल्याउनुभयो ।

कार्यक्रममा कलेजका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशभरका पालिकाले देश र जनताको हितका लागि काम गर्नपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.