जन सरोकार

सेन्टर प्लाजामा आगलागी, थुप्रै मानिस फसेको आँकलन- उद्धारको प्रयास जारी

इटहरीको मुख्य चोकमा रहेको सात तले व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ । बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो ।

प्लाजामा पाँचौं तलामा रहेको होटलको बरन्डामा आगलागी भएको र आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको त्यहाँ रहेकाहरूको संख्या यकिन नभएको जानकारी दिनुभएको छ ।

आगलागीको कारणबारे खुलेको छैन । इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.