जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं र सुनसरीबाट जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२३ झोछेँ बस्ने ६१ वर्षीय सुनिलकर शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनिलकर समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ७ सय ५ रूपैयाँ सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरी, दुहबी नगरपालिका-२ तुथाहा बस्ने बिरेन्द्र खाँ को घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल चौधरी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.