जन सरोकार

भन्सार छलि ल्याएको सुन सहित दुई जना पक्राउ

भन्सार छलि ल्याएको करिब १२८ ग्राम ७ मिलिग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको टुक्रा १ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-११ ठेगाना भएका २६ वर्षीय सुदिप बिक र गोरखा चुमनुब्री गाउँपालिका-६ ठेगाना भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् । रसुवाको केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं प्रवेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट उक्त परिमाणको धातुसहित दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.