इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाताले नाइट राइडर्सले पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गर्दै कोलकाताले आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको हो ।

जारी प्रतियोगितामा राजस्थानको भने यो लगातार दोस्रो हार । यसअघि राजस्थान सनराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो । गुहावटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । उसका लागि धुर्व जुरेलले ३३ रन बनाए यशस्वी जैसवालले २९ रन जोडे । त्यस्तै रियान परागले २५ रन जोड्दा यशस्वी जैसवालले २९ रन बनाए ।
कोलकाताका लागि हर्षित राना, बरुन चक्रवर्ती, मोयन अली र बैभव अरोराले समान दुई-दुई विकेट लिए । राजस्थानले दिएको १ सय ५२ रनको लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदै दुई विकेट गुमाएर पूरा गर्यो । कोलकाताका लागि क्विन्टन डिककले ६१ बलमा उनले ८ चौका र ६ छक्का प्रहार गर्दै अविजित रहँदै ९७ रनको इनिङ खेले भने अजिंक्य रहाणेले १८ रन बनाउँदा अङ्कृष रघुवंशीले २२ रन बनाएका थिए । राजस्थानको लागि वानिन्दु हसरंगाले एक विकेट लिए ।
प्रतियोगितामा आज राति ७:४५ बजे सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्स हैदराबादको मैदानमा भिड्दै छन् ।
प्रतिक्रिया राख्नुहोस्