राजनीति

उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उत्पादन बढाउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रदेश समितिद्वारा दाङको भालुवाङमा बुधबार आयोजित प्रथम महाधिवेशनको भाव सम्प्रेषण तथा प्रशंसा अभियानको उद्घाटन कार्यक्रममा उहाँले निजी क्षेत्रले उत्पादनमा जोड दिनुपर्ने र राज्यले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व लिनुपर्ने बताउनुभयो ।

“शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व राज्यले लिनुपर्छ”, उहाँले भन्नुभयो, “खेतीपाती, उद्योगजस्ता उत्पादनशिल क्षेत्रलाई निजी क्षेत्रलाई छोड्नुपर्छ, सबै कुरा राज्यले गर्न सक्दैन ।” साथै उहाँले पुरानो राजनीतिक प्रणालीमा सुधार नहुँदा नयाँ वैकल्पिक राजनीति सुरु गरेको समेत बताउनुभयो ।

बेरोजगारी र विदेशी निर्भरता हटाउनका लागि दूरगामी सोचयुक्त नीति निर्माणको आवश्यकता रहेको उहाँको भनाइ थियो । उहाँले पार्टीको केन्द्रीय समिति सदस्यतामा २५ प्रतिशत ४० वर्ष मुनिका युवालाई समेटेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.