राजनीति

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

बिहिबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा उहाँले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा समस्या समाधान हुने बताउनुभएको हो ।

कार्यक्रममा उहाँले संविधानले राजनीतिक अधिकार स्थापित गरे पनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उहाँको भनाइ छ ।

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताउँदै ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ । २०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन । त्यसैले जनतामा निराशा बढेको हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.